कला–इन्जिनियरिङ परिचर्चा

काठमाडौं । कला र इन्जिनियरिङको अन्तरसम्बन्ध र महत्वका विषयमा परिचर्चा भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मेकानिल इन्जिनियरिङ विभागको डिजाइन ल्याबको आयोजनामा भएको सातौं शृंखलामा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीले कला र इन्जिनियरिङको सम्बन्ध निकै गहिरो रहेको विचार व्यक्त गरे । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा डिन डा. नेपालीले विश्वका कतिपय देशले हरेक सहरमा कलालाई महत्व दिएर राखेको बताउँदै भने, ‘नेपालमा पनि कलालाई सहरको सौन्दर्यीकरणमा उपयोग गरिनुपर्दछ । हामी पनि कला र संस्कृतिमा समृद्ध र वैभवशाली छौं । त्यसैले हामीले यसको समुच्यरुपमा प्रयोग गर्नुपर्दछ ।’ उनले हाइड्रोपावर हाउसमा समेत कलाकृति राखिनुपर्ने विचार व्यक्त गरे ।


Read Full Article here…

Accessibility Toolbar

Scroll to Top